राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनु पर्छ: महासचिव देब गुरुङ


भक्तपुर, काठमाडाै‌, फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देब गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन् ।

 

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा  गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए । उनले सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएता पनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल बिदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने बताए ।

राष्ट्रपति सर्वमान्य, संविधानको रक्षक र मूलुकमा परिवर्तन भएको गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वधिनताको रक्षकसँगै सबै दलको साझा व्यक्तिको चयनतर्फ लाग्नु पर्नेमा गुरुङले जोड दिए ।

बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरुको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने तर्फ स्वयम दलहरु नै लागि परेकाले निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्नेमा गुरुङले जोड दिए ।

पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजनाहरु बाहिर देखिएको बताउँदै गुरुङले नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले यसै संकेत गरेकाे उनकाे भनाई छ । 

रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ छ ।

 

पूर्वराजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्य तर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेर निरन्तरता दिनेहरुको समुहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै समयमै यस तर्फ ध्यान दिनु पर्ने गुरुङले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope