सातदोबाटो केपी ओली कपको सेमिफाइनलमा


काठमाडौं, ११ फागुन । सातदोबाटो युथ क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमै नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका हुन् । दोस्रो हाफमा पुलिसका प्रविण थापाले ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

सातदोबाटोले सेमिफाइनलमा शुक्रबार हुने त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका हुन् । 

१७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । 
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope