लमजुङमा हात्तीपाईले रोग बिरूद्द खोप अभियान सुरू
लमजुङ १२फागुन
लमजुङ जिल्लाका आठबटै पालिकाहरुले हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरुवात भएको छ ।
जिल्लामा हात्तीपाईले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाईले रोगका विरामीहरु देखिएकोले यसपटक औषधी खुवाइएको हो ।
लमजुङमा यस बर्ष १४ चरणमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो ।
फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोललमा स्वास्थ्य सस्था तथा बुथमार्फत हात्तिपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।
अभियान अन्तर्गत यसवर्ष दुई वर्ष मुनिका बालवालिका र गर्भवती महिला वाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।
सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमवाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाईले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आब्हान गरिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस