नेपालले दियो कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य


काठमाडौं, १३ फागुन । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ ।

 

कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाइ नेपालले बिशाल लक्ष्य दिएको हो । 

 

मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो । 

 

नेपाललाई विशाल योगफलमा पुर्याउन कप्तान खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् ।

 

 

कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।

 

उता अर्जुनले पनि १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रन जोडेका थिए । अर्जुनको पनि यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए । 

 

यसअघि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope