प्रदेश १ बाट राप्रपा बाहिरिने, भोली मन्त्रीले राजिनामा दिदैँ
बिराटनगर, १३ फागुन । प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन्।
काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजिनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजिनामा दिन लागेका हुन ।
राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजिनमा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् ।
‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अव सरकारमा रहन्नौ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोलि राजीनामा दिनु हुनेछ।’
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस