युएईमाथि नामिबियाको सहज जित, ३९ अंकका साथ तेस्रो स्थानमा


काठमाडाैं, १३ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ ।

 

जीतसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै जीत हासिल गरेको हो । नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । नामिबिया कै बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए । लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७ रन बनाउन सफल भए ।

 

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । युएईका कप्तान सिपी रिजवानले १ सय ४० बलमा २ चौकासहित सर्वाधिक ६० रन बनाए । 

 

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope