राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको औपचारिक निर्णय
काठमाडाैं, १३ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।
‘आठ दलको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीवाट उपराष्ट्रपति को हुने त्यो भने टुंगिएको छैन’ उनले भने ।
शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । कांग्रेस उम्मेदवारलाई औपचारिक रुपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस