राष्ट्रपतिमा पौडेल र नेम्वाङबिच प्रतिस्पर्धा हुने


काठमाडौं, १३ फागुन । भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको छ ।

 

आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।

 

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने हिजो निर्णय लिएका थिए । गठबन्धन तोडेर माओवादी कांग्रेससँग नयाँ गठबन्धन गर्न गएको भोलिपल्ट एमालेलले सचिवालय बैठक डाकेर नेम्वाङलाई उम्मेदवार बनाएको हो ।  

 

निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १० देखी ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको छ । निर्वाचन भने २५ फागुनमा हुनेछ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope