राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता, प्रस्तावकमा ओली

काठमाडाैं, १३ फागुन । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई उम्मेदवारी दर्ता गराउने निर्णय गरेसँगै एमाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर उम्मेदवारी दर्ता गराएको हुन् ।
नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस