अपी पावर कम्पनीको आज साधारणसभा
काठमाडौ, १४ फागुन । अपी पावर कम्पनीको आज आइतबार साधारण सभा बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ।
साधारण सभामा कम्पनीले बोनस सेयर ७.५० प्रतिशत र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गरी पारिश्रम पनि निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ।
कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ भने ३ फागुनसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पनि पाउन सक्नेछन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस