अर्थमन्त्री पौडेल स्वदेश फर्किए
काठमाडौ, १४ फागुन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फर्किएका छन । ११ फागुनमा उनी अर्थमन्त्रीहरुको जी २० का सम्मेलनमा भाग लिन भारत गएका थिए । उनी शनिबार राती ९ बजे स्वदेश फर्किएका हुन् ।
सम्मेलनमा गएका बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए।
जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन चलेको थियो । उक्त सम्मेलनमा नेपाल सदस्य नरहे पनि भारतले नेपाललाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी भएका थिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस