एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँट


काठमाडौं, १४ फागुन । एसियन हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ  आइतबार बाँडफाँट गरेको छ । 

यस आईपीओमा ६९ हजार ७२० जना सर्वसाधारणहरुको आनेदन गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो ।

हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

एसियन हाईड्रोपावरको आईपिओमा कुल १४ लाख ३२ हजार २२२ जनाले आवेदन दिएकोमा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पारेकाछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ । हाईड्रोपावरले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । 

यस्तै, सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ४२ हजार कित्ता र २ प्रतिशत (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको र बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । 

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope