निर्जला कोजूको अध्यक्षतामा साइकल कनेक्ट भक्तपुर पुनर्गठन


भक्तपुर, १४ फागुन । साइकल संस्कृति प्रवर्द्धन गर्न पैदल र पेडलमैत्री शहरको मूल उद्देश्यसहित शुरूवात भएको साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजूलाई चुनिएको छ । कोजुको अध्यक्षतामा ७ सदस्यीय दोस्रो कार्यसमिति पुनर्गठन भएको छ । 

नयाँ कार्यसमितको उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल रहेका छन् । सदस्यहरुमा रितेश मचामसी, विकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन् । 

सल्लाघारी चोंगा गणेश अवस्थित नेपाल इको प्यानलको प्रांगणमा संस्थाका सल्लाहकारद्वय गणेशप्रसाद दुवाल र सुनिल ख्याजुको उपस्थितिमा एक कार्यक्रमबीच संस्थापक अध्यक्ष सुमित बालाले निर्जला कोजूलाई सपथ ग्रहणसहित अध्यक्षको पदभार हस्तान्तरण गरे । तत्पश्चात अध्यक्ष निर्जलाले बाँकी सदस्यलाई सपथ ग्रहण गराइन् । 
 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope