माउन्ट ग्लोरीमा यसरी फहराइयो चन्द्र सूर्य


काठमाडौं, १४ फागुन ।  माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको अभिभावक दिवस सम्पन्न भएको हो ।

टोखा – ५, श्रीटोल बसुन्धरामा रहेको विद्यालयले प्रिन्सिपल तथा प्रोफेसर गणेश श्रेष्ठ, टोखा -५का पूर्व वडाध्यक्ष,  विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।

सो अवसरमा साना साना नानी बाबुहरुले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा उठाउँदै देशभक्ती गीत गाउँदा अभिभावकहरु चाखपूर्ण स्टेजतिर हेरिरहेका थिए ।  जब कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जियो तब अभिभावकको ताली बजिरहँदा स्टेजमा अभिनय गरिरहेका बालबालिकाहरुले चन्द्र र सूर्य बोकेर छाती फुलाइरहेका थिए । चन्द्र र सूर्य अंकित झण्डा बोक्दा उनीहरु गर्व महसुस गरेको बुझ्न सक्न्थ्यिो । 

कार्यक्रममा बोल्दै माउन्ट ग्लोरीका प्रिन्सिपल गणेश श्रेष्ठले बिद्यालयले वैज्ञानिक शिक्षा पद्धतीलाई आत्मसाथ गर्नु आजको आवश्यकता भएको  बताए  । उनले भने, 'विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्धतीअनुसार स्कुल अघि बढ्ने कुरामा हामी प्रतिवद्ध छौँ ।'

कार्यक्रमकै अवसरमा  सिगिङ सुपरस्टारको सिनियरतर्फ  ८ मा अध्ययनरत छात्रा सारा राईले उपाधि जितिन् भने  जुनियर तर्फ कक्षा ४ का श्रेयान्स पुडासैनी प्रथम भए । सारा यही सिजनको भ्वाइस अफ किड्समा ब्लान्ड अडिसन पार गरेकी प्रतियोगी हुन् । भ्वाइसको मञ्चमा साराको प्रस्तुतीको चर्चा भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope