म्यानचेस्टर सिटीकाे ४–१ को फराकिलो जीत


काठमाडाैं, १४ फागुन । घरेलु टोली सिटी बर्नमाउथमाथि म्यानचेस्टर सिटीले सानदार जित हात हासिल गरेको छ ।

 

इंग्लिस प्रिमियर लिग बर्नमाउथमाथि सिटीले ४–१ को फराकिलोृ जीत हासिल गरेको हो ।

 

भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरेका थिए भने बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए ।

 

१५औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको सिटीले २९औं मिनेटमा हालान्डको गोलबाट अग्रता दोब्बर पार्यो । 

 

४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमा नै ३–० को आरामदायी स्थितिमा अघि बस्यो । 

 

५१औं मिनेटमा बर्नमाउथका क्रिस मेपामले आत्मघाती गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

 

त्यसपछि ८३औं मिनेटमा जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । 

यो जितसँगै सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope