राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी 


काठमाडौं, १४ फागुन । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन भएका छन ।

 

काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई सर्वसम्मत चयन गरेको हो । 

 

संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको हो ।

 

संगठनको केन्द्रिय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन् । केसी राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत हुन भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विधाबारिधी अध्यनरत छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope