१६ किलो चरेससहित कपिलबस्तुमा एक पक्राउ


कपिलबस्तु, १४ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका– ९का मेघराज घर्ती रहेका छन् ।

 

घर्तीको घरमा  चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 

घर्ती मगरको बिजौरीस्थित घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको १६ किलो लागु औषध चरेशजस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

उनी माथी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope