अमेरिकी डलर स्थिर, युरोको भाउ घट्यो


काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।

 

सोमबार अमेरिकी डलरको करोबार स्थिर रहेको छ । यसको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। यसअघि आइतबार पनि सोहि भाउमा अमेरिकी डलरको कारोबार भएको थियो । 

 

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो।  आइतबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा कायम गरिएको थियो। 

 

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा १ रुपैयाँ १४ पैसाले घटेको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९० रूपैयाँ ४ पैसामा कारोबार भएको थियो । 

 

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको सोमबारको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको छ। आइतबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको थियो । 

 

सोमबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ ६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।

 

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा कायम गरेको छ ।

 

यता, साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ । 

 

सोमबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा र मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ। 

 

आइतबार पनि सोही मूल्यमा साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार भएको थियो

 

सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १८ पैसा पाइन्छ। 

 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ २ पैसा तोकिएको छ।
 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope