परराष्ट्र मन्त्रीको स्थगित भ्रमण वारे एमाले सचिवालयमा छलफल हुने
काठमाडौं, १५ फागुन । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ ।
आइतवार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।
मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न लागेको उपमहासचिव बिष्णु रिजालले जानकारी दिए ।
परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पुर्व कानुन मन्त्री हरि बन्दीलाई जेनेभा पठाए पछि प्रधानमन्त्रीसँग एमालेको थप क्तितता बढेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस