प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक
काठमाडौं, १५ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानले दिदैं आएको दोहोरो सुबिधा कटौती गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बिपरित उक्त सुबिधा दिदै आएको भन्दै कटौती गरेको हो ।
‘प्रज्ञा प्रतिष्ठानको जीवनको महत्वपुर्ण चासो जीवनमा चासो र आलोचकका रुपमा रहेका आजीवन सदस्यहरुको दोहोरो सुबिधाको बिषयमा निर्णय गर्नै पर्ने आवाश्यक्तालाई ध्यान दिई दोहोरो सुबिधामा रहेका आजीवन सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानवाट दिइदै आएको मासिक पारिश्रमिक नदिने निर्णय गरिएको छ’ प्रज्ञा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो ।
प्रतिष्ठानका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा (८) बमोजिम दोहोरो पारिश्रमिक सुबिधा प्रदान गर्न नमिल्ने हुदाँ नेपाल सरकार, विश्वबिद्यालयहरु तथा अन्य निकायवाट निवृतिभरण लिइरहेका आजीवन सदस्यहरुलाई विस २०७९ फागुन महिना देखी यस प्रतिष्ठानवाट आजिवन सदस्यको पारिश्रमिक सुबिधा उपलब्ध नगराउने निर्णय गरेको जानकारी दिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस