बेलायतको डाक्टर भन्दै ठग्ने २ जना पक्राउ


काठमाडौं, १५ फागुन । बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् । 

 

उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूकेमा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरुसँग मोबाईल नम्बर लिई वाट्यएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेको प्रहरीको भनाई छ ।

 

प्रहरीका अनुसार तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात बिभिन्न ब्यक्तिहरुलाई  पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

 

ठगी गरेको उजुरी पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 

उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope