सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री


काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताएका छन् ।

 बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’
 
उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै  स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए । 

 प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताउनुभयो । 

उनले अगाडि भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ । मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो । यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास दिलाउन चाहन्छु ।’ 

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न स्वदेशी र गैरआवासीय नेपाली संघमा रहेका नेपालीहरुको योगदानका लागि विशेष धन्यवाद पनि दिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope