अमेरिकी डलरमा वृद्धि, युरोको भाउ भने घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?


काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।

 

जसअनुसार अमेरिकी डलरको भाउ १३ पैसाले वृद्धि भएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा तोकिएको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा घटेको हो। सोमबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा कायम गरिएको थियो।

 

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ४ पैसाले घटेको छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको मंगलबारको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको छ। सोमबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको थियो ।

 

मंगलबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ।

 

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा कायम गरेको छ भने मंगलबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा तोकिएको छ ।

 

उता, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ६६ पैसा तोकिएको छ भने सोमबार भने साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर भएको थियो ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope