आशा लघुवित्तकाे लाभांश दर संशोधन

काठमाडौं, १६ फागुन । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ ।
माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाग्ने कर प्रयोजनार्थ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले फागुन १५ गते आफ्नो चुक्ता पुँजीको १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस