लोकनाथ पौडेलको उपचारमा आर्थिक सहयाेगकाे अपिल


काठमाडौं, १६ फागुन । बाग्लुङका ५२ वर्षका लोकनाथ पौडेलको कलेजोमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि भारत लैजानुपर्ने भएको छ । काठमाडौँका विनायक, बिएण्डबी र वीर अस्पतालमा १ महिनादेखि उपचाररत पौडेलको कलेजोमा गम्भीर समस्या (लिभर सिरोसिस) देखिएको र अन्तिम उपाय भनेको प्रत्यारोपण नै भएकाले यसको नेपालमा  उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो । 

शरीरका विभिन्न अंगहरु सुनिने, निरन्तरको थकाई महशुस र अनुहार क्रमिक रुपमा कालो हुँदै गएपछि उपचारका लागि पोखराको मेडिप्लस अस्पतालमा पुगेका पौडेलले पहिलो पटक आफ्नो कलेजोमा गम्भीर समस्या भएको त्यहीँ थाहा पाए । त्यसपछि तत्कालै काठमाडौँ आएर थप उपचार सुरु गरेका पौडेललाई मेडिप्लस, विनायक, बिएण्डबीमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा रिफर गरिएको छ । जसका लागि ठूलो रकम लाग्ने भएकाले परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । 

पछिल्लो २ महिनाको नियमित उपचारका क्रममा ठूलो रकम खर्च भइसकेकाले र परिवारको आर्थिक अवस्था पनि कमजोर बन्दै गएका कारण आर्थिक सहयोगका लागि अपिल गरिएको पौडेलका जेठा छोरा अजय पौडेलले बताए । अजयका अनुसार भारतमा उपचार गर्दा न्युनतम ५० लाख र भइपरी आउने समस्यामा त्यो भन्दा माथिको लागत लाग्न सक्नेछ । पौडेलको स्वास्थ्य अवस्था बुझ्न भारतको म्याक्स हस्पिटलका प्रतिनिधि काठमाडौँ नै आएर फर्किसकेका छन् ।

पौडेलको परिवारले अहिले थप उपचारका लागि भारत जान म्याक्स हस्पिटलको अप्वाइनमेन्ट कुरिरहेको छ । तर त्यहाँ जानुभन्दा अगाडि चाहिने प्रक्रियागत कागजात जुटिसकेको भए पनिआवश्यक खर्च  जुटाउन भने हम्मेहम्मे परेको छ । लोकनाथ पौडेल बचाउ अभियानमा सहभागी हुन चाहनेले ग्लोबल आईएई बैँक, नारायणगढ शाखा  (अजय पौडेल, खाता नम्बर ३७५०७०१००००३०५) अथवा (ईसेवा, खल्ती र आइएमई वालेटको नम्बर ९८४३६०६७२९ अजय पौडेल ) मा आर्थिक सहयोग गर्न सकिने अजय पाैडेलले जानकारी दिए ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope