सुरजसिंह ठकुरी शुभगृह बोर्डमा नियुक्त


काठमाडौं, १६ फागुन । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले मिडिया पर्सनालिटी सुरजसिंह ठकुरीलाई आफ्नो बोर्डमा ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । गत शनिबार काठमाडाैंमा एक कार्यक्रमबीच ठकुरीलाई एम्बेसडर नियुक्त गरेको हो । कन्सल्टेन्सीका निर्देशक सुभेन्द्र थापा र सुरजबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको छ ।

‘शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासँग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन’, एम्बेसडरमा नियुक्ति पछि ठकुरीले भने, ‘अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा यूकेमा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु ।’

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले संस्थाको लक्ष्य प्राप्तिका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैं सम्मान गरेको छ भन्ने भावनालाई सुरजले पूर्ण रुपमा बुझेको बताए । उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित आफूहरुले गरेको दाबी गरे ।

‘विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन् । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने मेरो बुझाई छ’, उनले भने ।

शुभगृहमा संस्थापक श्रीमती सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास राखिन् । शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार’ प्राप्त गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope