सेयर बजार ३.८१ अंकले घट्याे
काठमाडौं, १६ फागुन । साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अङ्कले घटेर ३८१.९३ विन्दुमा पुगेको छ।
यसैगरी सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसुचकमा ३.६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ ३८ करोड रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ७ करोड ५५ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी शिवम सिमेन्टको ६ करोड ५० लाख भन्दाबढीको कारोबार भएको छ ।
मंगलबार उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ।
आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस