अमेरिकी डलर भाय घट्दा युरोको भाउ बढ्यो


काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलरको भाउ २७ पैसाले ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। यसअघि मंगलबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसा बढेको छ। मंगलबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा कायम गरिएको थियो।

 

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसा तोकिएको छ। यो मूल्य मंगलबारको तुलनामा ३ पैसाले बढेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

यस्तै, बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ४४ पैसा तोकिएको छ। मंगलबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको थियो ।

 

बुधबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २८ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ।

 

उता,  राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३२ पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १० पैसा तोकिएको छ । 

 

यसैगरी, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ५४ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९० पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८६ पैसा कायम गरिएकाे छ ।

 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६२ पैसा तोकिएको छ। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope