टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत
काठमाडौं, १७ फागुन । युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।
युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पूनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटका ले गोल गरेर जीत पक्का गरेका हुन ।
एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट खेलमा पछि युभेटसलाई १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरीमा ल्याई दिए ।
४३औं मिनेटमा एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो तर पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने दोस्रो हाफ युभेन्टको पक्षमा पार्दै ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।
यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ भने त टोरिनो ३१ अंकसहित नवौं स्थानमा छ ।्
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस