छिमेकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं, २३ फागुन । छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

छिमेक लघुवित्तको चैत १० गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीले कुल २५.२६ प्रतिश लाभांश वितरण गर्नेछ । लघुवित्तले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर २२ प्रतिशत र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्ने छ ।

 

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ।

 

फागुन २४ गते नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope