नेपालले युएईलाई दियो २३० रनको लक्ष्य


न्युज कारखाना

काठमाडौं, २२ फागुन

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार पारेको हो ।

खेलमा ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भयो । नेपालका लागि भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै नेपालका लागि ठूलो योगफल जोडे ।

त्यस्तै, आरिफ शेखले ४३ रनको अविजित इनिङ खेले । सन्दिप लामिछानेले २७ रन बनाएर आउट हुँदा करण केसी १७ रनमा आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे।

त्यसअघि ६८ रनमा ५ विकेट गुमाएको नेपाललाई सन्दीप र भीम सार्कीले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । त्यसैगरी, आरिफसँग भीमले ७ औँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ समानजक अवस्थामा पुर्‍याएका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आसा गरिएका ब्याटरहरूले भने गतिलो इनिङ खेल्न सकेनन् । कुशल मल्लको ३२ रनमा आउट हुँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ रन मात्रै बनाउन सके । त्यस्तै, अर्का ओपनर आसिफ शेख ६ रनमा पेभिलियन फर्किँदा कप्तान रोहित पौडेल १ तथा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्किए । युएईका लागि जुनाईद सिद्दकीले ३ विकेट लिँदा आर्यन लक्राल र रोहन मुस्ताफाले समान २-२ विकेट हात पारेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope