बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं, २३ फागुन । बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।  सोमध्ये बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ भने कर्मचारीहरुका लागि १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ४ हजार  ८५० कित्ता सुरक्षित गरिएको छ ।

 

बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

उक्त आईपिओमा लगानीकर्ताले आज कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् ।

यस लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ  । 

 

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope