संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो नबनाऊँ: भट्टराई
न्युज कारखाना
काठमाडौं, २३ फागुन
नेकपा एमालेका नेता योगेश भट्टराईले संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि एमाले सांसद भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
उनले ट्विटरमा भनेका छन्,'संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्दछ। वास्तविक पीडितहरुले न्याय पाउनुपर्छ। परिपुरणको व्यवस्था र पुन:स्थापना हुनुपर्छ। न्याय मर्नु हुँदैन, अपराधीलाई उन्मुक्ति हुँदैन । दुवै आयोगलाई निकम्मा बनाउने अदालतलाई काम गर्न नदिने नियत के हो ?'
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस