कांग्रेस कैलालीले स्ववियुको लागि खटायो प्रतिनिधि
धनगढी, २५ फागुन
आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ ।
नेपाल विद्यार्थी संघका उम्मेदवारलाई विजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीको बिहीबार जिल्ला पार्टी कार्यालय, धनगढीमा बसेको बैठकले प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
समितिले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृप बहादुर सुनार, निर्वाचन क्षेत्र नम्बर ३ उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशव राज मिश्रलाई खटाइएको प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।
त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीगत रुपमा कहीँ गठबन्धन गर्न चाहेमा केन्द्रीय गठबन्धनका विद्यार्थी संगठनबीच कहीँ कुनै क्याम्पसमा तालमेलको जरुरी देखिए त्यसलाई सहज बनाउन गठबन्धन दलसँग जिल्ला स्तरमा आवश्यक समन्वय गर्ने जिम्मेवारी जिल्ला उपसभापति खेमराज डंगौरा थारुलाई दिएको संयोजक भुषालले जानकारी दिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस