१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक (जीवनीसहित)


काठमाडौं, २५ फागुन । नेपालले बिहीबार तेस्रो राष्ट्रपतिको रुपमा कांग्रेसका रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । 

३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।  कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । 

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् ।

 
पौडेलको राजनीतिक यात्रा 

 

तनहुँको ब्यासमा २९ असोज २००१ मा उनको जन्म भएको थियो । कांग्रेस पार्टीबाट ६ दशक राजनीतिमा सक्रिय रहेका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

 

एकपटक सभामुख, ५ पटक मन्त्री र ६ पटक सांसद रहेका उनी प्रधानमन्त्रीमा लगाता १७ पटकसम्म संसदमा एमाले उम्मेदवार झलनाथ खनालसँग पराजित भएका थिए । तर, बिहीबार १० दलको समर्थनमा उनी देशकै प्रमुख पदमा पुगेका छन् । 

 

२०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका उनी २०३४ सालमा तनहुँबाट जिल्ला सदस्य भएर कांग्रेसबाट सक्रिय राजनीतिमा होमिए । यसअघि उनी २०२७ सालमा नेविसंघको संस्थापक सदस्य रहेका हुन् । 

तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा संसद् भङ्ग गरेपछि भएको आन्दोलनमा उनी सहभागी भएका पौडेल तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेकोमा विरोधमा उत्रिएका नेता हुन् ।  

२०४३ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख भएका पौडेल त्यसपछि निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा छन् । २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसमेत सम्हालिसकेको अनुभव पौडेलसँग छ ।

 

 
यस्तै, २०७४ सालबाहेक २०४८ सालदेखि हालसम्म सातपटक सांसद भएका उनी २०५१ सालमा प्रतिनिधिसभाका सभामुखको जिम्मेवारी सम्हाले । २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेका पौडेलले संसदमा विपक्षी दलको नेताको रुपमा आफ्नो जिम्मेवारी पूरा गरे । 

 

पहिलोपटक २०४८ सालमा स्थानीय विकास मन्त्री बनेका पौडेल त्यसपछि २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना÷सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री र  २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री बने ।

 

प्रजातन्त्र र लोकतन्त्रका लागि भएका आन्दोलनमा सहभागी हुँदा पौडेल पटकपटक गिरफ्तार मात्र भएनन् १५ वर्ष जेल जीवनसमेत बिताए । उनै पौडेललाई आगामी पाँच वर्षका लागि देशले राष्ट्रपतिको रुपमा पाएको छ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope