अमेरिकी डलर घट्दा युरोको भाउ बढ्यो


काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

 

आज अमेरिकी डलर १३ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा तोकिएको छ। बिहिबार भने अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ र बिक्रीमूल्य १३१ रुपैयाँ ६० पैसा थियो ।  

 

उता शुक्रबार युरोपियन युरोको भाउ भने २३ पैसाले वृद्धि भएको छ । आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । बिहिबार युरोको खरिदमूल्य १३८ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।

 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज ४६ पैसाले उकालो लागेको छ । बिहिबार यसको खरिदमूल्य १५५ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १५५ रुपैयाँ ७५ पैसामा किनबेच भइरहेको थियो । 

 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८ पैसाले यसको मूल्य बढेको हो । बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसामा कारोबार भएको थियो । 

 

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ। बिहिबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।

 

यस्तै, शुक्रबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ। 

मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ।

 

आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच हुनेछ ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope