खोटाङमा एक हजार १८० जनाको मिर्गौला परीक्षण


न्युज कारखाना 

खोटाङ, २६ फागुन 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परीक्षण शिविरमा ९६ जनालाई मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पाइएको छ । विश्व मिर्गौला दिवसको अवसर पारेर फागुन २४ र २५ गते दिक्तेलमा आयोजना गरिएको निःशुल्क मिर्गौला परीक्षण शिविरमा एक हजार १८० जनाको स्क्रिनिङ गर्दा ९६ जनामा मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पत्ता लागेको हो ।

६६१ महिला र ५१९ पुरुष सेवाग्राहीमध्ये मिर्गौलाको थप परिक्षण गर्न समन्वय गरेर गरेर जिल्ला अस्पताल पठाइएको नगरका स्वास्थ्य संयोजक खेमराज आचार्यले बताए । शिबिरमा डिपिस्टिक विधिबाट मिर्गौलाको अवस्थाको अवस्थाको बारेमा परिक्षण गरिएको थियो । 

जाँचका क्रममा ४२ जनाको पिसावमा चिनीको मात्रा देखा परेको र २०२ जनाको उच्च रक्तचाप रहेको पाइएको थियो । शिबिरमा ६० वर्षमाथिका १४४ जनाले सेवा लिएका छन् । मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेका बिरामी, उच्च रक्तचाप र मधुमेहको समस्या देखा पर्न लागेका बिरामीलाई विशेषज्ञ डाक्टरले आवश्यक परामर्श प्रदान गर्नुका साथै थप जाँच र परीक्षणको लागि अस्पताल जान सल्लाह दिएका छन् । नगरबासीको मिर्गौलाको अवस्था बारे जानकारी लिने र मिर्गौला रोगबाट सुरक्षित राख्ने लक्ष्यका साथ नगरपालिकाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क मिर्गौला परीक्षण शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 

सरस्वती माबिको प्रांगणमा आयोजना गरिएको शिबिरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मिर्गौलाको स्क्रिनिङ, पिसाव र सुगर जाँच गरेर मिर्गौलाको अवस्थाको बारेमा परीक्षण गरेका थिए । मिर्गौला बिग्रिएर उपचार गराउनुपर्ने अवस्था आए लाखौं खर्च गरी उपचार गराउनुपर्ने वाध्यात्मक अवस्थासम्म पुग्न नदिन शिबिरको आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताए । 

डा. काफ्लेले मिर्गौलाको चेकजाँचसँगै जिल्लाका ७९ वडाका स्वास्थ्यचौकी प्रमुखलाई मिर्गौला रोगबाट जोगिने र रोग लागिहालेमा परिक्षण गर्ने विधिका विषयमा प्रशिक्षण दिएका छन् । प्रशिक्षणपछि जिल्लाका स्वास्थ्यकर्मी आ–आफ्नो वडामा मिर्गौला जाँच गर्न सक्षम बनेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए । १५ वडा रहेको नगरपालिकाले नगरभित्रका १० हजार ७११ घरधुरीका घर–घरमा पुगेर ४३ हजार २९५ नागरिकको मिर्गौलाको परिक्षण गर्ने लक्ष्य राखेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope