‘दुई नजर’मा पुष्प र केबिकाको रोमान्स

काठमाडौँ, २८ फागुन । गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको स्वर रहेको दुई नजर बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत तथा दिनेश श्रेष्ठको एरेन्ज रहेको सार्वजनिक गीतमा नायक तथा मोडल पुष्प खड्का, केबिका खत्री र सुन्दर दासको अभिनय देख्न सकिन्छ ।
प्रेम, रोमान्सले भरिएको दुई नजरमा केबीका र पुष्प गज्जबसँग खुल्दै निकै रोमान्टिक बनेका छन् । विष्णुहरि तिमल्सिनाको सम्पादन, उत्सव दाहालको छायांकन तथा मोडल केबिकाकै कोरियोग्राफी रहेको भिडियो गायक सुरेनकै अफिसियल च्यानलबाट बजारमा आएको हो । जसको निर्माता सृजना श्रेष्ठ हुन् ।
भिडियाे लिंक : https://www.youtube.com/watch?v=2Cq_v2TqccE
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस