सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी


सिन्धुली, २८ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिइन् । 

 

उनका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना परेको हो । अहिले पनि उद्धार कार्य चलिरहेको जानकारी दिएकी उनले २५ जना घाइतेको उद्धार गरेर घुर्मी र खुर्काेटसहितका अस्पतालमा उपचारका लागि पठाइएको बताइन् । 

 

‘ओखलढुंगाबाट आएको बस रहेछ । ओरालो ठाउँमा भएकाले ब्रेक नलागेको हुन सक्ने अहिले अनुमान गरिएको छ,’ उनले भनिन्, ‘केही शव हुन सक्ने आशंका गरिएको छ । अहिले पनि उद्धार कार्य चलिरहेको छ ।’ 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope