अवैध गोलिया काठसहित चालक र ट्याक्टर नियन्त्रणमा
झापा, ३० फागुन
अवैध गोलिया काठसहित झापा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार मेचीनगर नगरपालिका–२ स्थित सरस्वती टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँचका लागि रोकेका थिए ।
सो ट्याक्टरमा आवश्यक कागजात बिना कदम र सिरिस जातको अन्दाजी १६० क्यु फिट गोलिया काठ फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
बरामद गरिएको काठ,ट्याक्टर र चालक मेचीनगर २ निवासी २२ वर्षीय सर्बन राईलाई आवश्यक कारबाहीको लागी जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइएको प्रहरीको भनाइ छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस