पर्यटकको रोजाइमा शान्ति स्तूपा


न्युज कारखाना 

लमजुङ, ३० फागुन

लमजुङको बेसीशहर नगरपालिका ४ स्थित पुरानकोट गढीमा निर्माण भएकोक बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थल शान्ति स्तुपा पर्यटकको रोजाई बनेको छ ।

निर्माण सम्पन्न चरणमा पुगेको सो स्तुपामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि शान्ति स्तुपा पर्यटकको रोजाई बन्न थालेको हो ।

स्तुपाको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको प्राविधिक ईन्जिनियर हरिश्चन्द्र बस्नेतले जानकारी दिए । बेसीशहरबाट ऐतिहासिक, पर्यटकीय क्षेत्र गाउँशहर कालिका मन्दिर, काउँलेपानी हुदै पुरानकोट गढी स्थित शान्तिस्तुपा पुगिन्छ । 

निर्माण कार्यको अन्तिम चरणामा पुगेको स्तूपामा दैनिक आन्तरि तथा बाह्य पर्यटक समेत आउने गरेका छन् । वडा नं. ३ का वडा अध्यक्ष चित्रबहादुर दनाईका अनुसार गाँउशहरको कालिका मन्दिर र काउलेपानीमा घुम्दै रमाउँदै पर्यटकहरु शान्ति स्तुपासम्म पुग्ने गर्छन् ।

धार्मिक तथा प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा शान्ति स्तुपा निर्माण गर्ने सोचका साथ नगरपालिकाले एक करोड ४९ लाख र नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको दुई करोड ७७ लाख रुपैयामा शान्ति स्तुपाको निर्माण भइरहेको बेसीशहर नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

निर्माण कार्य अन्तिम चरणमा पुगेको र निर्माणधिन अबस्थामा पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको नगरप्रमुख अर्यालको भनाई छ । स्तुपाको सबै काम सकिएको र स्तुपाको वरिपरी ढुङ्गा छाप्न मात्र बाँकी रहेको छ ।

वरिपरी लालिगुराँशको जंगल र दायाबाया तर्फ यशोब्रम्हा शाहको दरबारको भग्नावेश रहेको छ । 

यशोब्रम्हा शाहको राजारानीको भग्नावेशका रुपमा रहेको दरबार सरंक्षणका लागि बेसीशहर नगरपालिका ३ ले समेत दुई लाख बजेट विनियोजित गरेको छ । 

पर्यटकलाई खाना तथा खाजाका लागि नगरपालिकाले क्यान्टिन निर्माणगरी भाडामा दिने तयारी समेत गरेको छ । बेसीशहर नगरपालिकाले शान्तिस्तुपासम्म पुग्ने मोटरबाटोका लागि २१ लाख खर्च गरेको छ ।

बेसीशहरबाट–काउलेपानि–पुरानकोट गढीसम्म १६ किलोमिटर रहेको छ । शन्ति स्तुपासँगै पार्क, भ्यू टावर र वरिपरी रहेको प्रकृती सुन्दरताले पर्यटक बढाउन सहयोग पु¥याउने नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले बताइन ।

 शान्ति स्तुपाको वरिपरी लालिगुराशको जंगल भएकोले यो फुल्ने सिजनमा शान्ति स्तूपामा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटका आउने विश्वास बेसीशहर नगरपालिकाको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope