सेयर बजारमा सामान्य अंकले उकालो


काठमाडौं, ३० फागुन । साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ । मंगलबार सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको छ। 

 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने ०.१७ अङ्कले घटेर ३६८.३२ मा पुगेको छ। सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएको थियो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंकको ३ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। 

मंगलबार १३ उपसुचकहरुका मध्ये ५ कम्पनीमा ओरालो लागेको छ भने बाँकी सबै कम्पनीमा उकालो लागेको छ। 

आजको कारोबारमा युनिक नेपाल लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सुभम पावरको र सुपरमादी हाइड्रोपावरको करिब १० प्रतिशतले वृद्धि भएको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope