विकास निमार्णमा चरम अनियमितता, समान्य वर्षा मै नाली भत्कियो


मुकेशकुमार यादव

सिरहा, ५ चैत

सिरहामा जनप्रतिनिधि र कर्मचारीहरूकै मिलोमतोमा विकास निमार्णको काममा अनियमिततता भएको पाइएको छ । जिल्लाको लहान नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा नगरपालिकाको ६ श्रीराम कोलोनी क्षेत्रमा गरिएको पक्कि नाला निमार्ण कार्यमा कमसल निर्माण सामाग्री प्रयोग गरी अनियमितत्ता गरिएको पाइएको हो ।

नगरपालिकाका कर्मचारी र ठेक्केदारको मिलमत्तोमा कमसल सामग्री प्रयोग गरि पक्कि नाला निर्माण सम्पन्न भएकोमा दुई महिना नपुग्दै भत्किएको स्थानीयको आरोप छ । 

नगरपालिकाले निर्माण गरेको नालामा कमसल सामग्रीको प्रयोग भएकै कारण दुई महिनामै भत्किएको स्थानीयको आरोप छ ।

जनप्रतिनिधि र ठेकेदारको लापरबाहीले काम गुणस्तरीय नभएको दुखेसो छ । निर्माणका क्रममा नगरपालिका र वडाबाट अनुगमन नहुनुले पनि कर्मचारी, जनप्रतिनिधी र ठेकेदारको मिलेमत्तो रहेको उनीहरू बताउँछन् ।

लहान ६ का वडा अध्यक्ष रमेश गौतमले नगरको काम भएकोले सवै आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘भत्केको खवर पाएपछि म पनि हेर्न गएँ, भत्केकै रहेछ । मैले नगरपालिकामा जानकारी गरिसकेको छु ।'

नगरपालिकाका साइड इन्जिनियर कामेश्वर यादवले सतहको माटो गिलो भएकोले र वर्षाका कारण माटो धस्केकाले नालाको वाल भत्केको बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope