सेयर बजार ६.९० अंकले ओरालो
काठमाडौं, ५ चैत । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.९० विन्दुमा आएर रोकिएको छ । १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्सम १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा आएको छ । आइतबार ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।
मानुसी लघुवित्त बित्तीय संस्था, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।
यता, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । यता शुभम सिमेन्टको करिब ४ करोडको कारोबार भएको छ । आइतबार १३ उपसूचकहरूमा ५ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस