आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत
काठमाडौं, ६ चैत । आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ ।
घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २–१ ले विजयी भएको हो ।
आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र फ्रान्क केस्सीले याेगदान गरे । जसअनुसार पहिलो हाफको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गरे पछि परेको बार्सिलोना ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।
दोस्रो हाफको ८१औं मिनेटमा मार्को एसेन्सियोले थप गोल गरे पनि भिएआरबाट मान्यता पाउन सकेन, जसका कारण बार्सिलोना १–१ को बराबरीमा सिमित रहन पुग्यो तर इन्ज्युरी समयको थप दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गरे पछि बार्सिलोना २–१ को जीत हासिल गर्न सफल भयो ।
यो जीतसँगै बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ भने पराजित रियल ५६ अंकमा सिमित छ । १२ अंकको अग्रता लिएको बार्सिलोना उपाधिको नजिक छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस