ई–रिक्सामा लागूऔषध तस्करी
वीरगञ्ज, ६ चैत
ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।
चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो ।
लागूऔषध बरामद भएपछि ई-रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिएको छ ।
यादलाई लागुऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस