नवनिर्वाचित उपराष्ट्रपति यादवको सपथ आज
काठमाडौं, ६ चैत । आज नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिदैछन् ।
उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने बिशेष समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने छन् ।
बारा– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले हिजो अर्थात आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफु उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा–२ को निर्वचान क्षेत्र रिक्त रहेकाे जानकारी पनि गराईसकेका छन ।
गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस