कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते


धनगढी, ७ चैत

कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन्। मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याक्टर चालकको खोजी गरिरहेको छ।

वर्दगोरीया अस्पतालमा उपचाररत घाइतेहरू 

भजनी ९ बस्ने दोहती डगौरा

पेपी डगौरा

ज्योती चौधरी

मगुली चौधरी

मेदी डगौरा

मधु चौधरी

रुपा चौधरी

हिमान्सु चौधरी

अनिता चौधरी

रिदम चौधरी

आरोही चौधरी

तुन्नि चौधरी

ओली चरण चौधरी

रिवस चौधरी

घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाइतेहरू

भजनी ९ बस्ने रोहन चौधरी

कृष्णी देवी डगौरा

रत्ना चौधरी

आशा देवी डगौरा

सग्रामी चौधरी

विपिन चौधरी

फुलराम चौधरी

सन्तोष चौधरी

हिरा चौधरी

रिता चौधरी

क्षितिज चौधरी

अमन चौधरी

रिया चौधरी

बिरेन्द्र चौधरी

सानु चौधरी

अपेक्षा चौधरी

राकेश चौधरी

सबिन चौधरी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope