सीताराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसघंको टिम निर्विरोध 


डोटी, ८ चैत

डोटीको एक क्याम्पसमा नेपाल विद्यार्थी संघको टिम नै निर्विरोध निर्वाचित भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको क्याम्पसमा नेविसंघले पहिलो खाता खोलेको हो । जिल्लाको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानल नै निर्विरोध निवार्चित भएको हो । अन्य कुनै पनि पार्टीको उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवारलाई निर्वाचन समितीले विजयी घोषणा गरेको हो ।

सभापतीमा उमेश बलायर, सचिवमा मनिषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद निर्वाचित भएका छन् । उक्त क्याम्पसमा तीन विधार्थी संगठन दर्ता भए पनि सभापतिमा नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दिएका थिए । 

तर दावी विरोधमा अनेरास्ववियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेविसंघका उम्मेदवारी निर्विरोध विजयी भएको क्याम्पस प्रमुख चेतराज भट्टले बताए । उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope