१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा हुने


काठमाडौं, ९ चैत । गायक तथा संगीतकार कालिप्रसाद बासकोटा सन् २०२३ कै पहिलो सांगीतिक कार्यक्रमका रुपमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने भएका छन् । 

 

पछिल्लो फिल्म ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिएका कालिप्रसाद ठमेलको सञ्चय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा १७ चैत शुक्रबार गुञ्जिन लागेका हुन् ।

कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालिले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् ।

 

कार्यक्रम पीभीइ नेटवर्कको प्रस्तुती र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कालिप्रसाद  ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope